राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । दुई नेताबीच आइतबार सिंहदबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । प्रचण्ड र नेपालले त्यसअघि भेटवार्ता गरेका हुन् ।
गएको शुक्रबार प्रचण्ड, नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एकापसमा छलफल गरेका थिए । तीनै दलले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ ११:५५
प्रतिक्रिया दिनुहोस्