site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
मुख्यमन्त्री जोखबहादुर महरा । फाइल तस्बिर ।

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार (आज) विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजे बस्ने लुम्बिनी प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले बताए ।

सरकारमा रहेको नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महराले विश्वासको मत लिन लागेका हुन् । केन्द्रमा सत्तासमीकरण फेरिएसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । लुम्बिनीमा एमाले र कांग्रेसले नयाँ सरकार बनाउन कसरत गरिरहेका छन् ।

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । नेकपा (माओवादी केन्द्र)का १० सांसद छन् । साना दल राप्रपा र नागरिक उन्मुक्तिका चार/चार, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीका तीन/तीन, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालका दुई/दुईजना तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक/एक सदस्य छन् । एक स्वतन्त्र सदस्य छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका निम्ति ४४ सांसद संख्या आवश्यक पर्छ ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro