site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस–एमाले गठबन्धन अन्तिम विकल्प : वनमन्त्री

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको गठबन्धन सरकार ‘पूरा अवधि’ कायम रहने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले शीर्ष नेताले सुझबुझका साथ गठबन्धन बनाएको उल्लेख गरे ।

उनले ०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने जिकिर गरे । सरकार फेरबदलबाट जनता हैरान भइसकेको भन्दै उनले कांग्रेस–एमाले गठबन्धन अन्तिम विकल्प रहेको बताए । कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्नेमा सत्यता नरहेको उनको भनाइ थियो ।

सरकारले लोकतन्त्र सुदृढ बनाउने, गणतन्त्र संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर अगाडि बढ्ने उनले सुनाए । वर्तमान सरकार विशिष्ट परिस्थितिमा निर्माण गरिएको भन्दै उनले सुशासन, राजनीतिक स्थायित्व र विकास दिएर देशलाई अग्रगतिमा लैजाने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा दुईतिहाइको हाराहारीमा विश्वासको मत पाउने जिकिर गरे । विश्वासको मत प्राप्त गरेसँगै देशलाई अगाडि बढाउने गरी बृहत् कार्यक्रम ल्याइने उनले बताए । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro