site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारीबारे प्रदेश र स्थानीय तहका नियामक निकायसँग छानबिन समितिले गर्‍यो छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका सम्बन्धमा प्रदेश र स्थानीय तहका नियामक निकायसँग छलफल गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सहकारी सञ्चालनको अवस्थाबारे प्रदेश र स्थानीय तहका नियामक निकायका पदाधिहरूसँग छलफल गरेको हो ।

Dabur Nepal
NIC Asia

छलफलमा समितिको कार्यादेशको अनुसूची २ मा रहेका सूर्यदर्शन, सानोपाइलासहितका सहकारीबारे छलफल भएको समितिका संयोजक सूर्य थापाले जानकारी दिए । उनले स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये एकहजार ९२३ सहकारी काठमाडौंमा रहेको पाइएको बताए ।

त्यस्तै, गोर्खा मिडियामा सूर्यदर्शन सहकारीबाट चार करोड ८८ लाख र २० लाख रुपैयाँ ऋण प्रवाह भएको र जीबी ग्रुप अफ कम्पनीमा ५० लाख गएको देखिएको संयोजक थापाले बताए ।

त्यस्तै, उनले सुप्रिम सहकारीमा समस्या आएपछि, प्रदेशको नियामक निकायले पनि अध्ययन गरेको देखिएको बताए । देशभरमध्ये वाग्मती प्रदेशमा २८४ भन्दा बढी सहकारीविरुद्ध उजुरी परेको जानकारी प्राप्त भएको संयोजक थापाले जानकारी दिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro