site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीपी स्मृति दिवसमा मोरङमा विविध कार्यक्रम गरिने
SkywellSkywell

विराटनगर । नेपाली कांग्रेस मोरङले बीपी कोइरालाको ४२औँ स्मृति दिवसमा विशेष कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरेको छ ।

बीपी स्मृति दिवसको सन्दर्भ पारेर स्वास्थ्य शिविर, रक्तदान र कविता प्रतियोगिता आयोजना गर्ने निर्णय भएको नेपाली कांग्रेस मोरङले जनाएको छ । 

Dabur Nepal
NIC Asia

कार्यक्रमअनुसार शनिबार विराटनगरको रामजानकी मन्दिर परिसरमा वृहत् आँखा शिविरको आयोजना गरिने र यसमा ठूलो संख्यामा सर्वसाधारण सहभागी हुने अपेक्षा गरिएको कांग्रेसले जनाएको छ ।

शिविरमा निःशुल्क स्वास्थ्य जाँचको सुविधा दिइने बताइएको छ । मोरङमा रगतको अभावलाई मध्यनजर गर्दै त्यही दिन रक्तदान कार्यक्रम पनि गरिने जिल्ला सभापति डिगबहादुर लिम्बूले बताए ।

आइतबार सुनवर्षी नगरपालिका वडा नम्बर ९ मा रहेको बीपी केन्द्रमा खुला कविता प्रतियोगिताको आयोजना हुने छ । प्रतियोगितामा सबै उमेर समूहका साहित्य प्रेमीहरूले सहभागिता जनाउन सक्ने नेपाली कांग्रेस मोरङका सूचना सञ्चार एवम् प्रचार विभाग प्रमुख वीरेद्रकुमार साहले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu