site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीलाई एमालेले दियो सुझाव
तस्बिर : हरिशजंग क्षेत्र/बाह्रखरी

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई सुझाव दिएको छ । शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा एमालेले सरकारसँग सम्बन्धित पार्टीका २८ विभागले दिएको सुझाव बुझाएको हो ।

कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सरकारलाई आवश्यक सुझाव दिने निर्णयअनुसार विभागबाट आएको सुझावपत्र तयार गरिएको बताए ।

सुझावपत्रमा एमालेले सहकारी समस्याको समाधानमा जोड दिएको छ । रकम अपचलन गर्नेलाई कारबाही गर्ने, बचतकर्ताको रकम फिर्ताको व्यवस्था गर्न एमालेले माग गरेको छ ।

“सहकारी समस्याको समाधानमा विशेष जोड दिइएको छ । जनताले गाँस काटेर जम्मा गरेको रकम अपचलन गर्ने सहकारी सञ्चालक, व्यवस्थापक र गैरकानुनी धन्दामा संलग्न व्यवसायीहरूलाई अविलम्ब कडा कानुनी कारबाही गर्न, बचतकर्ताहरूको रकम फिर्ताको व्यवस्था गर्न, सहकारी नियमनमका लागि अधिकार सम्पन्न संरचनामा विशेष जोड दिइएको छ,” सुझावबारे जानकारी दिँदै उपमहासचिव ज्ञवालीले भने ।

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १६:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro