site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युरोप, अमेरिका र अस्ट्रेलियाको आईटी क्षेत्रमा ठूलो असर, माइक्रोसफ्टले भन्यो– समाधानको पहल भइरहेको छ 
Dabur Nepal

लन्डन । युरो, अमेरिका र अस्ट्रेलियाको सूचना प्रविधि क्षेत्रमा अचानक शुक्रबार समस्या आएको छ । जसका कारण कम्प्युटरहरूले काम गरेका छैनन् । 
 
विमानहरू ग्राउन्डेड भएका छन् भने बैंक, टेलिकम्युनिकेसनलगायत विषयमा समस्या आएको छ ।
 
बेलायतको लन्डन, नेदरल्यान्डसको आर्मस्टर्डम, स्कटल्यान्ड, अस्ट्रेलिया, जर्मनीलगायत मुलुकमा हवाई सेवामा अवरोध भएको छ । बेलायतमा स्काई न्यूज अफ एयर भएको छ । बेलायतका रेल कम्पनी पनि प्रभावित भएका छन् । 

माइक्रोसफ्टको सफ्टवेयरमा समस्या भएर यस्तो अवराेध आएको जनाइएको छ । माइक्रोसफ्टले समस्याको सम्बोधनका लागि पहल भइरहेको जनाएको छ । 

अमेरिकाको अलास्काको प्रहरीले इमर्जेन्सी सर्भिसबारे अरुले काम नगरेको जनाएको छ । अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एयरलाइन्सले विश्वव्यापी रूपमा बिमान ‘ग्राउन्ड स्टप’ भनेका छन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro