site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पको हत्या प्रयासअघि युवकका बाबुले किन गरेका थिए प्रहरीलाई फोन ?

पेन्सिलभानिया । गएको शनिबार अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हान्नुअघि ती २० वर्षीय युवकका बाबुले प्रहरीलाई फोन गरेको पाइएको छ ।

गोली हान्ने युवक थोमस माथ्यु क्रुक्सका बाबु माथ्युले प्रहरीलाई फोन गरेर ‘ऊ कता गयो ?’ भन्दै चिन्ता व्यक्त गरेको सीबीएसले सुरक्षा निकाय स्रोतलाई उल्लेख गर्दै जनाएको छ । यद्यपि, उनका बाबुले प्रहरीलाई के भनेका थिए भन्ने प्रस्ट छैन ।

Dabur Nepal
NIC Asia

फक्स न्युजले जनाएअनुसार, मेरी र म्याथ्युले प्रहरी अधिकारीलाई फोन गरेर पूर्वजानकारीबिना नै छोरा बेपत्ता भएकाले चिन्ता लागेको बताएका थिए । एफबीआईले उनका बाबुआमाले अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ ।

क्रुक्सले आफ्नो फोनमा राष्ट्रपति जो बाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिर ‘सर्च’ गरेको पाइएको समेत सुरक्षा अधिकारीले हालै सांसदहरूलाई ‘ब्रिफिङ’ गरेका थिए । उनले बटलरको कार्यक्रम र डेमोर्क्र्याटिक पार्टीको अर्को महिना शिकागोमा हुने सम्मेलनको तिथि पनि  सर्च गरेको जनाइएको छ । 

यस्तै, हतियार राख्ने बक्स उसले जुलाई ५ मा वालमार्टमा किनेको, होम डिपोटमा गएर पाँच फुटको भर्‍याङ किनेको तर त्यो चढ्नका निम्ति प्रयोग गरेको नपाइएको र घटनास्थालमा पनि नदेखिएको सुरक्षा निकायले सांसदलाई जानकारी गराएको छ । उनी एयर कन्डिसनिङ युनिट हुँदै छतमा पुगेको समेत जानकारी गराइएको छ ।

उक्त विषयको छानबिनका क्रममा २०० अन्तर्वार्ता लिइएको र १४ हजार तस्बिर हेरिएको समेत सुरक्षा निकायले जानकारी गराएको छ । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०९:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro