site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
माछापुच्छ्रे बैंकले ल्यायो नियोन क्रेडिट कार्ड, भुक्तानीमा विशेष छुट र अफर

काठमाडौं । माछापुच्छ्रे बैंकले नेपाली बैंकिङ उद्योगमा नै पहिलोपटक आफ्ना ग्राहकका लागि अमेरिकन डलरमा नियोन क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ । 

आधुनिक जीवनशैलीमा व्यस्त तथा देश विदेश यात्रा गर्ने ग्राहकलाई लक्षित गर्दै ल्याएको ‘नियोन क्रेडिट कार्ड’को डिजाइन तथा आवरणमा बजारमा उपलब्ध अन्य कार्डभन्दा भिन्नै रहेको बैंकले जनाएको छ ।

बैंकले ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाइनसहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसाद्वारा सञ्चालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानी माध्यम भएको बैंकले जनाएको छ ।

यो कार्ड प्रयोग गर्ने ग्राहकले नेपालभरका विभिन्न ३५० भन्दा बढी मर्चेन्टमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासव्याक अफर पाउने बैंकले बताएको छ । यस्तै, पाँच हजार रुपैयाँ वा सो बराबरको ट्याप एन्ड पे (क्यासलेस) कारोबार समेत गर्न सक्नेछन् ।

यसको प्रयोगबाट मिल्ने आफरहरूको जानकारी वेबसाइट, सामाजिक सञ्जालमार्फत ग्राहकलाई निरन्तर मिल्ने बैंकले जनाएको छ । कार्डबाट सीमित अवधिका लागि सुपरमार्केट, होटेल, रेष्टुरेन्ट तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरू उपलब्ध गराउने बैंकले बताएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro