site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मोड्रिच र रियाल मड्रिडबीचको सम्झौता नवीकरण
Dabur Nepal
NIC Asia

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले कप्तान लुका मोड्रिचसँगको सम्झौता नवीकरण गरेको छ । रियालले बुधबार ३८ वर्षीय मोड्रिचसँगको सम्झौता एक वर्ष थप गर्ने सहमति गरेको हो । 

६ पटकको च्याम्पियन्स लिग विजेता मोड्रिच सन् २०१२ मा इंग्लिस क्लब टोटनहमबाट स्पेनिस क्लब आएका थिए । सन् २०१८ को बालन डी‘अर विजेता मोड्रिचले रियाल मड्रिडबाट ५३४ खेल खेल्दा ३९ गोल गरेका छन् । गएको सिजनमा मोड्रिचले रियाल मड्रिडबाट कुल ४६ खेल खेलेका थिए । तर, यसमध्ये मोड्रिचले २३ खेलमा मात्र सुरुआती–११ मा मौका पाएका थिए । 

युरो–२०२४ मा क्रोएसियाको कप्तानी सम्हालेका मोड्रिच उक्त प्रतियोगिताको तीन खेलमै पहिलो रोजाइमा मैदान उत्रिएका थिए । मोड्रिच र रियालबीचको सम्झौता जुनमै समाप्त भएको थियो । तर, प्रशिक्षक कार्लो एन्सोलोट्टीको प्रमुख मिडफिल्डर बनेका मोड्रिचले बुधबारको सम्झौतासँगै क्लबबाट १३औँ सिजन खेल्ने भएका हुन् । रियालले मंगलबार सान्टियागो बर्नबेउमा फ्रेन्च स्टार किलियन एमबाप्पलेलाई ८० हजार दर्शकमाझ सार्वजनिक गरेको थियो ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ११:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro