अर्थ व्यवसाय
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँ कारोबार भइरहेको छ । बुधबार (हिजो) छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा खरिद–बिक्री भएको थियो । त्यो हालसम्मकै उच्च मूल्य हो ।
तेजाबी सुन प्रतितोला एक लाख ४८ लाख ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१ ११:५१
प्रतिक्रिया दिनुहोस्