राजनीति
काठमाडौं । महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश बडाल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बडाललाई उक्त पदमा नियुक्त गरेका हुन् ।
नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मंगलबार (हिजो) डा. दीनमणि पोखरेलले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा मंगलबारै स्वीकृत गरिएपछि रिक्त पदमा बडाललाई नियुक्त गरिएको हो ।
प्रकाशित मिति: बुधबार, साउन २, २०८१ १६:१४
प्रतिक्रिया दिनुहोस्