site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिने
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

उक्त दिन विश्वासको मत लिने भनेर प्रधानमन्त्री ओलीले संघीय संसद् सचिवालयलाई जानकारी गराएको स्रोतले बतायो ।

Dabur Nepal

ओली नेपाली कांग्रेसको सहयोगमा गएको आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । त्यसको भोलिपल्ट अर्थात् सोमबार उनले पद तथा गोपनीयताको शपथ लिएका थिए । सोही दिन ओली नेतृत्वको सरकारले पूर्णता पाएको थियो । सरकारमा नेकपा (एमाले) र कांग्रेससहित जसपा र लोसपा सहभागी छन् ।

साउन ६ गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओली त्यसको भोलिपल्ट संसद्‌मा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro