site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सेक्युर्ड सेक्युरिटिजले पायो आफ्नै टीएमएस चलाउने स्वीकृति, ग्राहकले नयाँ फिचर पाउने
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेक्युर्ड सेक्युरिटिजलाई आफ्नै ट्रेड मेनेजमेन्ट सिस्टम (टीएमएस) चलाउन स्वीकृति दिएको छ । ब्रोकरहरूले आफ्नै टीएमएसमार्फत ग्राहकलाई सेवा दिने माग पहिलेदेखि नै गरेका भए पनि सेक्युर्ड सेक्युरिटिजले मात्र स्वीकृति पाएको हो ।

यसरी आफ्नै टीएमएसमार्फत सेवा दिने भनेर ३३ वटा ब्रोकरले नेप्सेसँग लबिङ गर्दै आएको सेक्युर्ड सेक्युरिटिजका अध्यक्ष सन्तोष मैनालीले बताए । सुरूमा सेक्युर्डले स्वीकृति पाएको उनको भनाइ छ ।  

अनलाइनमार्फत सेयर कारोबार गर्न सुरू भएदेखि नै ब्रोकरहरूले आफ्नै टीएमएस सञ्चालनमा ल्याउने र ग्राहकलाई आफूले भने जस्ता फिचरको सुविधा दिन भन्दै आएका थिए । तर, अहिलेसम्म आफ्नै टीएमएस चलाउने अनुमति पाएका थिएनन् । 

सेक्युर्ड सेक्युरिटिजले भने चालु आर्थिक वर्ष २०८१/०८२ देखि आफ्नै टीएमएसमार्फत सेवा दिन भन्दै पूर्वाधार तयार पारेर नेप्सेबाट अनुमति पाएको छ । नेप्सेले पनि प्रारम्भिक अध्ययन गरेर अवस्था हेरी आफ्नै टिएमएसमार्फत सेवा दिन स्वीकृति दिएको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । 

“ब्रोकरले आफ्नै टीएमएसमार्फत सेवा दिन पाउने कानुनी व्यवस्था पनि छ । अहिले हाम्रो टीएमएस चलाइरहेका छन्, तर, अब ब्रोकर ३६ ले भने आफ्नै टीएमएसमार्फत सेवा दिन पाउने भएको छ,” उनले भने, “ब्रोकर नं. ३६ ले प्रक्रिया पुर्‍याएर स्वीकृति पाएको छ ।”

साउन पहिलो हप्तादेखि नै काम सुरु गर्ने गरी अहिले प्राविधिक विषयहरू मिलाइरहेको अध्यक्ष मैनालीले बताए । अहिले नेप्सेलाई मासिक २५ हजार रुपैयाँ टीएमएसको सेवा शुल्क सेक्युर्डले तिरिरहेको उनको भनाइ छ । 

ब्रोकरले सञ्चालनमा ल्याउने टीएमएसको सेवा डीजी हबले दिने पनि उनको भनाइ छ । डीजी हबलाई ब्रोकरले मासिक ७० हजार रुपैयाँ बुझाउनु पर्ने पनि उनको भनाइ छ । “यो सामूहिक रूपमा खरिद गर्ने सफ्टवयर हो । हामी ३३ वटा ब्रोकर मिलेर सञ्चालन गर्ने भनेर पहिलेदेखि नै लागेका थियौँ,” उनले भने, “त्यसको नेतृत्व मैले आफैँ गरेको थिएँ । अरू ब्रोकर कम्पनीका साथीहरूले आवश्यक पूर्वाधार तयार गरिरहनु भएको छ । मैले पहिलो आफ्नै टीएमएस प्रयोग गर्न पाउने स्वीकृति पाएको छु ।”

ब्रोकरले आफ्नै टीएमएस सञ्चालन गरे पनि त्यसको नियमन र अनुगमन नेप्सेले गर्ने छ । नयाँ टीएमएसमार्फत ब्रोकरहरूले ग्राहकका लागि नयाँ फिचर, प्राविधिक विश्लेषण र मोबाइल एप जस्ता सेवा दिने अध्यक्ष मैनालीले बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro