राजनीति

काठमाडौं । नेकपा एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल र भौतिक पूर्वाधार मन्त्रीमा देवेन्द्र दाहाललाई लैजाने तयारी भएको छ ।
नेकपा एमालेले स्रोतले दिएको जानकारीअनुसार पौडेल अर्थमन्त्रीमा पक्काजस्तै भएको छ भने राष्ट्रिय सभा संसदीय दलको नेतासमेत रहेका दाहालले आफू सरकारमा जान लागेको पुष्टि गरे ।
उनले आफूलाई भौतिक पूर्वाधार मन्त्रीको रुपमा सपथका लागि तयारी रहन पार्टीबाट निर्देशन आएको जानकारी गराए ।
*सच्याइएको, दलको नेता हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।
प्रकाशित मिति: सोमबार, असार ३१, २०८१ ०९:१६
प्रतिक्रिया दिनुहोस्