site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
त्रिशूलीमा बेपत्ता यात्रुको खोजी पुनः सुरु 

काठमाडौं । भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी आज पुनः सुरु भएको छ । हिजो साँझ स्थगित भएको खोजीकार्य आज बिहान ८ बजेबाट पुनः सुरु भएको  चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बाह्रखरीलाई जानकारी दिए ।  

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सम्भावित सबै स्थानमा खोजी गरिने बताए । सबै सामर्थ्य लगाएर खोजी गरिने उनको भनाइ छ । धमिलो पानी, उच्च वहाबका कारण समस्या भने भइरहेको उनले जानकारी दिए ।  

त्रिशूलीमा हराएका बस र यात्रु खोज्न हिजो सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको थियो । 

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको वाग्मती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको वाग्मती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराेले त्रिशूलीमा बगाएको थियो ।
 

प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०८:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro