site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्र संघमा युक्रेनले ल्याएको प्रस्तावको मतदानमा नेपालसहित ६० मुलुक अनुपस्थित

न्यूयोर्क । संयुक्त राष्ट्र संघको महासभामा युक्रेनमा रुसले गरिरहेको आक्रमण तत्काल रोक्नुपर्ने र रुसी सेना फिर्ता गर्नुपर्ने तथा अनधिकृत मानिसलाई जापारिजाहिया न्यूक्लियर प्लान्टबाट फिर्ता गर्नुपर्ने संकल्प प्रस्तावको मतदानमा नेपाल, भारत, चीनसहितका मुलुक अनुपस्थित भएका छन् । 

सो सम्बन्धी मतदान बिहीबार भएको थियो । १९३ सदस्य रहेको संयुक्त राष्ट्र संघको महासभामा ९९ मत पक्षमा परेको थियो भने ९ वटा विपक्षमा र ६० अनुपस्थित थिए । 

अनुपस्थित हुने मुलुकान नेपालसहित भारत, बंगलादेश, भुटान, चीन, इजिप्ट, पाकिस्तान, साउदी अरेबिया, दक्षिण अफ्रिका, श्रीलंकालगायत छन् ।  संकल्प प्रस्तावको विपक्षमा बेलारुस, क्युबा, उत्तर कोरिया, रसिया, सिरिया लगायतका थिए ।

सो सम्बन्धी मस्यौदा संकल्प प्रस्ताव युक्रेनले अघि ल्याएको थियो भने अमेरिका, फ्रान्स, जर्मनीलगायतका ५० मुलुकले स्पोन्सर गरेका थिए ।

हिन्दुस्तान टाइम्सबाट ।ि

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro