site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
सहकारी ठगीमा न्यायाधीशको राय बाझिएको रविको मुद्दा : असोज १० मा पुग्यो पेसी 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । सहकारी ठगीमा अनुसन्धानका लागि पदबाट राजीनामा दिनुपर्ने र नपर्नेमा न्यायाधीशबीच राय बाझिएको रवि लामिछानेको मुद्दाको पेसी असोज १० मा पुगेको छ । 

सहकारी ठगीमा निष्पक्ष अनुसन्धानका लागि निलम्बन माग गरिएको रिटमा न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीबीच राय बाझिएको थियो । अधिवक्ता अनुपम भट्टराईको रिटमा न्यायाधीश मल्लले राजीनामा व्यक्तिको नैतिक विषय भन्दै छनोट गर्ने अधिकार उनैमा हुने राय राखेकी थिइन् । उनले सहकारी ठगीमा अनुसन्धान भने हुनुपर्ने भन्दै निष्पक्ष अनुसन्धान हुन दिनु भन्ने आदेश जारी गरेकी थिइन् । 

न्यायाधीश सुवेदीले भने जुन निकायले अनुसन्धान गर्ने हो त्यहीको कार्यकारी नेतृत्वमा रहेको व्यक्तिमाथि पदमै रहेर निष्पक्ष अनुसन्धान हुन नसक्ने भन्दै मार्गप्रशस्त गर्नु भन्ने आदेश जारी हुने राय राखेकी थिइन् । न्यायाधीश सुवेदीले संविधान र कानुनका वैध अपेक्षा अनुरुप लामिछानेलाई राजीनामाको आदेश हुने राय राखेपछि मुद्दा पूर्ण इजलासबाट टुंग्याउनुपर्ने भएको हो । तर, त्यसरी राय बाझिएको मुद्दाको आदेशमा अग्राधिकार वा पेसी मिति दुवै नहुँदा सर्वोच्च प्रशासनले अटोमेसनमा राखी सामान्य मुद्दाकै प्रक्रिया अनुसार अघि बढाएको हो । 

KFC Island Ad
NIC Asia

“आदेशमा अग्राधिकार वा पेसी मिति तोकिएको पाइएन । त्यसकारण अटोमेसनमा पेसी तोकिएको हो,” सर्वोच्च प्रशासनका एक अधिकारीले बाह्रखरीसँग भने, “अटोमेसनमा राख्दा आगामी असोज १० का लागि पेसी परेको छ ।”

सहकारी ठगीमा नाम जोडिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई महान्यायाधीवक्ता कार्यालयले वैशाख १४ मा कतै पनि उजुरी र अभियोजन नरहेको भन्दै पत्र दिएको थियो । कास्कीमा सूर्यदर्शन सहकारीपीडितले लामिछानेविरुद्ध किटानी जाहेरी दिएको भए पनि महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई ‘क्लिन चिट’ दिएपछि अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । जेठ १ गते नै दायर भएको रिट सर्वोच्च प्रशासनले दरपिठ गरिदिएको थियो । अधिवक्ता भट्टराईले दरपिठविरुद्ध दिएको निवेदनको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले खारेज गरिदिएपछि जेठ १४ मा रिट दायर भएको थियो । 

यसअघि सर्वोच्चको आदेशबाटै कास्कीबाट लामिछानेविरुद्धको उजुरी र बुटवलको सुप्रिम सहकारीको अभियोजनको मिसिल झिकाइसकिएको छ । न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा अन्तिममा परेको रिटमा पेसी चढिसकेपछि न्यायाधीश डा. शर्माका पूर्व ल फर्म पार्टनर रमेश बडालले वकालतनामा चढाएपछि मुद्दा हेर्न नमिल्नेमा परेर सुनुवाइ प्रभावित भएको थियो । 

संघीय संसद्‌मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लामिछानेमाथि छानबिनको माग गरेपछि संसदीय विशेष समिति गठन भएको छ । कांग्रेसले उठाएको प्रश्नबाट उन्मुक्ति लिनकै लागि लामिछानेले महान्यायाधिवक्ता कार्यालयबाट कतै पनि उजुरी र अभियोजन नभएको पत्र लिएका थिए । रविमाथि छानबिन हुन नदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को रोष्ट्रममा उभिएर रवि निर्दोष रहेको भनेका थिए । गृहमन्त्री स्वयं आफू निर्दोष रहेको भन्दै प्रश्न उठाउनेहरूमाथि नै लाञ्छना लगाउने अभिव्यक्ति दिएर थप विवादित बनेका थिए ।  

लामिछानेविरुद्ध पोखराको सहारा सहकारीपीडितले दर्ता गराएको उजुरीलाई पूरक र ठाडो उजुरी मात्र भएको बताएका थिए । उनले गृहमन्त्रीको शक्ति प्रयोग गरी आईजीपीलाईसमेत कतै पनि ठगीमा संलग्नता नदेखिएको भनेर संसदीय समितिमा बोल्न लगाइसकेका थिए । यी सबै विषयको प्रश्न सर्वोच्चको आदेशमा टुंगिएको छ । 

पदबाट निलम्बित हुने वा पदमै रहेर अनुसन्धान हुनसक्छ भन्ने विषयमा मात्र न्यायाधीशको राय बाझिएको छ । तर, छानबिन गर्ने विषयमा भने दुवै न्यायाधीशबीच साझा राय आएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro