site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत हाल्न कांग्रेसको ह्वीप 
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

पार्टी प्रमुख सचेतक रमेश लेखकले ह्वीप जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन निर्देशन दिएका छन् । पार्टी संसदीय कार्यदलले बिहीबार विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो । साथै, कांग्रेसले शुक्रबारको बैठकमा अनविार्य उपस्थित हुन, तटस्थ नरहन पनि ह्विप जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत फेस गर्दै छन् । सत्ता साझेदारमा रहेका दलहरू नेकपा एमाले र जसपाले विश्वासको मत फिर्ता  लिएपछि उनले विश्वासको मत लिन लागेका हुन् । उनले पाँचौँपटक विश्वासको मत लिने तयारी गरेका हुन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १२:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro