site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
‘सधैँ अन’मा आधारित हुँदै एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर
SkywellSkywell

काठमाडौं । एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्छन् । यसलाई सम्भव बनाउँदै, एनसेल र फेसबुकको मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्सबिना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेका छन् ।

एकदमै राम्रो ब्रोडव्यान्ड कभरेज भएका क्षेत्रहरूमा पनि थुप्रै उपभोक्ताहरू क्रयशक्तिका कारणले गर्दा कहिले काही मात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने हुन्छन् । यी खाडलहरू पुर्नका लागि एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागु हुने गरी दुई प्रोडक्ट फेसबुक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याएको छ । विशेष गरी टूजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक छ ।

Dabur Nepal
NIC Asia

डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ । त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरूले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटोसहित फेसबुक पहुँचको सुविधा पाउँछन् । यी दुवै प्रोडक्टमा एनसेलको नीतिअनुसार फेयर युसेज पोलिसी अर्थात् उचित उपयोग नीति लागु हुने बताइएको छ ।

यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पुर्‍याउने कम्पनीको दाबी छ । “हामी सधैँ अन क्याम्पेनको एक अंशको रूपमा यसले ग्राहकहरूका मोबाइलहरूमा केही आधारभूत सेवाहरू उपलब्ध रहिरहने कुराको सुनिश्चित गर्नेमा हामी विश्वास गर्छौँ । यस किसिमका सहकार्यहरूले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्त्वपूर्ण कदम चाल्नेछ,” एनसेलका चिफ कमर्सियल अफिसर उमेर मोहसिन भने ।

डिस्कभर एक एन्ड्रोइड एप हो । एनसेलका ग्राहकहरूले यो एप प्रयोग गरेर एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुनेगरी इन्टरनेट चलाउन सक्छन् । यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिनेछ । टेक्स्टमात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो, र अन्य प्रकारको धेरै डेटा खपत हुने सामग्री उपलब्ध नहुने बताइएको छ । यसैगरी स्वास्थ्य एवं सुरक्षासम्बन्धी विश्वासिलो जानकारीमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनको वेबसाइटहरू बुकमार्क गरिएको छ ।

फेसबुक बेसिक मोडमा, एनसेलका ग्राहकहरूले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नको लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोहरूसहितको फेसबुक चलाउन सक्छन् । यसको मतलब ग्राहकहरूले आफ्नो स्टाटस्, पोस्टहरू राख्ने, फोटोहरू हेर्ने र राख्ने जस्ता कामहरू गर्न सक्छन् । ग्राहकहरूले डेटा खरिद गरेपछि उनीहरू स्वतः शुल्क लाग्ने फुल फेसबुक मोडमा फर्किने पनि एनसेलले जानकारी दिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu