site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
अल्कारेज भन्छन्– मैले जितेजस्तै स्पेनले पनि युरो–२०२४ मा जित निकाल्ने आशा छ

काठमाडौं । स्पेनिस टेनिस स्टार कार्लोस अल्कारेजले विम्बल्डनमा आफूले जित निकालेजस्तै स्पेनले पनि युरो–२०२४ को सेमिफाइनलमा जित निकाल्ने विश्वास व्यक्त गरेका छन् ।

विश्व वरीयताको तेस्रो स्थानका तथा साविक विजेतासमेत रहेका अल्कारेजले आइतबार विम्बल्डनको चौथो चरणमा उगो हमबर्टविरुद्ध चार सेटमा जित निकाल्दै क्वार्टरफाइनल यात्रा तय गरेका थिए । अल्कारेजले १६ स्थानका हमबर्टविरुद्ध ६–३ ६–४ १–६ ७–५ को सेटमा जित निकालेका थिए ।

Dabur Nepal
NIC Asia

युरो–२०२४ मा स्पेनको प्रदर्शन नियालिरहेका फुटबल समर्थक अल्कारेज युरोपियन च्याम्पियनसिपको सेमिफाइनलकै दिन विम्बल्डनको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।

“उनीहरूले आज मेरोजस्तै नतिजा निकाल्नेछन् भन्ने आशा छ । मैले टेनिसको क्षेत्रमा जित निकाले, आशा छ स्पेनिस टिमले फुटबलमा जित निकाल्ने छ,” २१ वर्षीय युवा स्टार अल्कारेजले भने ।

तीनपटकका ग्रान्डस्लाम च्याम्पियन अल्कारेज विम्बल्डन आयोजकले आफ्नो खेल तालिकामा लचकता देखाउने आस पोखे ।
“पहिलो कुरा मैले स्पेनलाई समर्थन गरिरहेको छु किनभने त्यो स्पेन हो । टिमका केही खेलाडीसँग राम्रो सम्बन्ध छ, विशेषगरी अल्भारो मोराटासँग । आशा छ मंगलबार हामी एकै समयमा प्रतिस्पर्धा गर्नेछैनौँ । मैले स्पेनको खेल हेर्न पाउँछु भन्ने आश छ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro