site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजाको विद्यालयमा इजरायली आक्रमण, १६ जनाको मृत्यु

गाजा । गाजाको एक विद्यालयमा इजरायलले गरेको हवाई हमलामा कम्तीमा १६ जनाको मृत्यु भएको प्यालेस्टाइन अधिकारीहरूले बताएका छन् । घटनामा दर्जनौँ घाइते भएका छन् ।

सो भवनमा मध्य गाजाको नुसरत शरणार्थी शिविरका हजारौँ विस्थापित मानिस आश्रय लिइरहेको हमासको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ । इजरायली डिफेन्स फोर्स (आइडीएफ)ले अल जाओउनी विद्यालयका संरचनामा आतंककारी गतिविधि भइरहेकोले आक्रमण गरिएको जनाएको छ ।

अलग्गै अर्को आक्रमणमा शिविरका १० जनाको मृत्यु भएकमे छ । भिडियोमा देखाइएअनुसार वयस्क र केटाकेटीहरू धुवाँले भरिएको सडकमा रुँदै गरेको देखिएको छ । उनीहरू घाइते अवस्थामा कुदिरहेको समेत देखिएको छ ।

प्रत्यक्षदर्शीका अनुसार आक्रमण भवनको माथिल्लो भागमा केन्द्रित थियो । भवन व्यस्त बजारको छेउमा छ । सो भवन सात हजार मानिसले आश्रयको रूपमा प्रयोग गरिरहेका थिए । भवनमा आक्रमण हुँदा कुरान पढिरहेका केही केटाकेटी पनि मारिएको एक महिलालाई उद्धृत गर्दै एएफपीले जनाएको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २३, २०८१  ०६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro