site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सहकारी ठगीमा साढे ५५ हजार पीडितको उजुरी दर्ता, ११ अर्ब ६६ करोड माग
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सहकारीको बचत अपचलन छानबिन गर्न बनेको विशेष संसदीय छानबिन समितिले ५५ हजार ४१० पीडितले उजुरी दर्ता गरेको जानकारी दिएको छ । जसमा पीडितहरूले ११ अर्ब ६६ करोड ४७ लाख माग दाबी गरेका छन् । 

शुक्रबार समितिले सहकारीको बचत अपचलनबारे गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँर, सीआईबी प्रमुख श्याम ज्ञवाली, अपराध अनुसन्धान विभाग प्रमुख टेकबहादुर तामाङसहितसँग छलफल गरेको थियो ।

Agni Group
NIC Asia

छलफलपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै समितिका संयोजक सूर्य थापाले सहकारीसँग सम्बन्धित रहेर पाँच हजार ३०० उजुरी दर्ता भएको जानकारी आफूले पाएको बताए । यीमध्ये ९८ उजुरीमा प्रशासनले मुद्दा अघि बढाएको जानकारी पनि आफूहरूले पाएको उनको भनाइ छ ।

उनका अनुसार अपराध अनुसन्धान विभाग र सीआईबी दुवैले आफ्नो कामअन्तर्गत अनुसन्धान गरेको बताएका छन् ।

Global Ime bank

आजको बैठकमा कार्यादेशमा अधिकारप्राप्त २९ वटा सहकारी केन्द्रित प्रश्नहरू गरेको उनले बताए । 

“छानबिन भएको, पक्राउ परेर जेल चलान भएको, पुर्पक्षका लागि थुनामा रहेको विदेशमा सहित फरार रहेको जस्ता केसहरूको समग्र स्थितिको जानकारी गराउन हामीले आज उहाँहरूलाई बोलाएको हो,” उनले भने । 

संयोजक थापाले उजुरीहरूको विश्लेषण गर्दा सबैभन्दा बढी काठमाडौंमा ४० सहकारीबाट पाँच हजार ६४८ जना ठगिएको जानकारी आफूहरूले पाएको बताए । ठगीमा संलग्न प्रतिवादीहरूमध्ये २९४ जना पक्राउ परेको तथा ८५६ जना फरार रहेको गृह प्रशासनले छलफलमा जानकारी गराएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu