site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बेलायतमा लेबर पार्टी निकै अगाडि, स्टार्मर प्रधानमन्त्री बन्ने लगभग निश्चित

लन्डन । बेलायतमा १४ वर्षपछि विपक्षी लेबर पार्टी ठूलो बहुमतका साथ सत्तामा जाने निश्चित देखिएको छ ।

सुरुआती नतिजाअनुसार लेबर पार्टीले १५१ भन्दा बढी सिट जितिसकेको छ । वर्तमान प्रधानमन्त्री ऋषि सुनकको कन्जरभेटिभ पार्टी २३ सिटमा विजयी भएको छ ।

Dabur Nepal
NIC Asia

अब बेलायतमा लेबर पार्टीका नेता किएर स्टार्मर प्रधानमन्त्री बन्ने लगभग निश्चित छ । स्टार्मर सन् २०२० मा जर्मी कोर्बिनको स्थानमा लेबर पार्टीका नेता चुनिएका थिए ।

बिहीबारको चुनावलगत्तै गरिएको ‘एक्जिट पोल’ले ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले ४१० सिट जित्ने देखाएको थियो । कन्जरभेटिभ पार्टीले १३१ सिट मात्र जित्ने अनुमान छ ।

२०१९ मा भएको निर्वाचनमा कन्जरभेटिभले ३६४ सिट जितेको थियो । त्यति बेला विपक्षी लेबर पार्टीको सिट संख्या केवल २०३ थियो । एक्जिट पोलको रिपोर्ट सही साबित भएमा स्टार्मर ४१० सांसदका साथ प्रधानमन्त्री बन्नेछन् ।

१९९७ को टोनी ब्लेयरको ऐतिहासिक जितभन्दा यो थोरै मात्र कम हो । त्यति बेला लेबर पार्टीले ४१९ सिट जितेको थियो । कन्जरभेटिभले १६५ सिट जितेको थियो । बीबीसीबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro