site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सगरमाथाको दृश्य हेर्ने ठाउँमा हानाहान

काठमाडौं । सगरमाथाको दृश्य हेर्ने ‘प्लेटफर्म’मा दुईजोडी पर्यटक गएको जुन २५ मा हात हालाहालमा उत्रिएको पाइएको छ । सामान्य विषयमा असमझदारी हुँदा उनीहरू कुटपिटमा उत्रिएका हुन् ।

उक्त झगडाको भिडियो पनि सार्वजनिक भएको छ । चिनियाँजस्ता लाग्ने उनीहरू तिब्बतको साइडमा त्यसरी झगडा गरेका हुन् ।

Dabur Nepal
NIC Asia

एक टुर गाइडले फोटोका निम्ति उनीहरूलाई पोज दिन भनेका थिए । त्यसैक्रममा राम्रो दृश्य कतातर्फबाट देखिन्छ भन्ने विषयमा उनीहरूबीच झगडा परेको जनाइएको छ ।

दुई पक्षबीचको झगडा निकै हिंस्रक भएको थियो । एक पुरुषले प्लेटफर्ममा तलमाथि गर्दै ‘पन्च’ हानेका थिए । एक महिलाले ती पुरुषलाई तान्ने प्रयास गरेको देखिन्छ । अर्की महिला भने झगडामा उत्रिएर पुरुषलाई ‘किक’ हानिरहेकी थिइन् ।

सगरमाथा बोर्डर पुलिस क्याम्पले तत्कालै उक्त घटनामा हस्तक्षेप गरी झगडा गर्ने युवायुवतीलाई छुट्ट्याएको थियो । चारैजनालाई प्रहरीले थप अनुसन्धानका निम्ति हिरासतमा लिएको थियो ।

उनीहरूलाई के गरिन्छ भन्ने बारेमा पछि जानकारी गराइने त्यसअवसरमा बताइएको थियो ।

कोरोना सुरु भएपछि चीनतर्फबाट सगरमाथा आरोहण बन्द गरिएकामा यसपालि गएको अप्रिलमा खुला गरिएको थियो । एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro