काठमाडौं । एनआईसी एसिया बैंकले कर्जा ग्राहकलाई छुट योजना सार्वजनिक गरेको छ । देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जाका कारण ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न २०८० चैत्र मसान्तसम्ममा भाखा नाघेका कर्जामा छुट योजना ल्याएको हो ।
भाखा नाघेका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिबाना तथा हर्जाना रकममा शतप्रतिशत छुट हुनेछ । साधारण वक्यौता ब्याज रकममा समेतमा १५ देखि ३५ प्रतिशतसम्म छुट प्रदान गर्ने योजना ल्याएको हो ।
मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालुपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाका ग्राहकले यस योजनामा सहभागी भई लाभ लिन सक्नेछन् ।