site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानमन्त्री प्रचण्डलाई ओलीले दिए 'झालेमाले' जवाफ !
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार बिहान बालुवाटारमा भेटवार्ता भयो । सोमबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यको सहमति गरेका ओली बिहानै बालुवाटार पुगेका हुन् । 

भेटमा प्रचण्डले ‘के हो’ भनि सोधेका थिए । तर, ओलीले ‘केही नभएको’ जवाफ दिएका छन् । ओलीसँगको भेटपछि बालुवाटारमा नेकपा (माओवादी) केन्द्रको पदाधिकारी बैठक बसेको थियो । माओवादीका एक पदाधिकारीका अनुसार प्रधानमन्त्रीसँगको भेटमा ओलीले केही नभएको जवाफ दिएका छन् । “ओलीले केही भएको छैन भन्नुभएछ । कांग्रेससँग सहमति गरेको कुरा यति बाहिर आइसकेपछि पनि केही भएन भनेर ओलीले झालेमाले जवाफ दिनुभयो । उहाँको यो व्यवहार अनौठो छ,” माओवादीका एक पदाधिकारीले भने । 

ओलीले सोमबार र मंगलबार प्रधानमन्त्रीसँग लामै भेट गरेका थिए । भेटमा पनि केही नहुने बताएको तर, राति नै सहमति गरेकोमा माओवादी नेताहरू आक्रोशित बनेका छन् । ओलीले कांग्रेससहितको राष्ट्रिय सहमतिको सरकार बनाउने र त्यस विषयमा भने छलफल गरिने बताएका छन् । “उहाँले कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा गर्नु भएछ । त्यसमा छलफल गरौँ भन्नुभएछ । कांग्रेस–एमाले बसेर राष्ट्रिय सहमति हुन्छ ? सहमतिको सरकार नै बनाउने भए पहिले किन कुरा भएन,” ती पदाधिकारीको प्रश्न छ । 

ओलीले सरकार परिवर्तन हुने, आफूले मन्त्रीहरू फिर्ता बोलाउने विषयमा कुनै कुरा नगरेको ब्रिफिङ प्रचण्डको छ । ओलीले प्रष्ट कुरा नगरेकाले राजीनामा दिने वा विश्वासको मत लिने भन्नेमा अझै प्रष्ट नभएको ती पदाधिकारीको भनाइ छ । “एमालेको मन्त्रीको राजीनामा आओस् । त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिने वा राजीनामा दिने भन्नेमा निचोडमा पुग्नेछौँ,” उनले बाह्रखरीसँग भने । 

पदाधिकारी बैठकबाट बाहिरिएपछि पार्टीका सचिव देवेन्द्र पौडेलले भने सदनमा विश्वासको मतको सामना गर्ने निचोडमा पुगिएको बताएका थिए ।

प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro