site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पीसीएल नर्सिङ, एचए र फार्मेसी कार्यक्रमको शुल्क बढाइएको छैन : सीटीईभीटी  

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सीटीईभीटी)ले बाहिर हल्ला भएजस्तो तीनवटा कार्यक्रमको शुल्क नबढेको स्पष्ट पारेको छ । पीसीएल नर्सिङ, हेल्थ असिस्टेन्ट र डिप्लोमा इन फार्मेसी कार्यक्रमको शुल्क नबढेको स्पष्ट पारेको हो ।  

निजी स्वास्थ्य संस्थाहरूमा नयाँ शैक्षिक कार्यक्रमका निम्ति यी कार्यक्रममा शुल्क बढाइएको भन्ने प्रचार भएपछि सीटीईभीटीले यसबारे स्पष्ट पारेको हो । 

शुल्क निर्धारणको अधिकार परिषद्मा नै निहित रहेको र शैक्षिक सत्र २०७१/०७२ यता यी कार्यक्रममा शुल्क समायोजन नभएको प्रष्ट पारिएको छ । 

केही निजी शैक्षिक संस्थाले शुल्क समायोजन भएको भन्दै विद्यार्थी र अभिभावकलाई बढी शुल्क लिन खोजेको गुनासो सीटीईभीटीमा परेको थियो । 

हाल पीसीएल नर्सिङको चार लाख ७५ हजार एचएको चार लाख चार हजार र डिप्लोमा इन फार्मेसी कार्यक्रमको शुल्क तीन लाख ३७ हजार रुपैयाँ छ । 

ctevt-1719901997.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro