site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लाज नमानी रास्वपा सुधार्ने मौका आयो : महामन्त्री ढकाल
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालले लाज नमानी पार्टीलाई सुधार गर्नुपर्ने मौका आएको बताएका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा टिप्पणी गर्दै उनले रास्वपा सुध्रनुपर्ने बताए ।

“लाज नमानी आफू (पार्टी)लाई सुधार गर्नुपर्ने मौका आयो,” उनले बाह्रखरीसित भने ।

गए रातभरिको राजनीति तरंगपछि रास्वपाको सचिवालय बैठक अहिले सिंहदरबारमा बस्न लागेको उनले जानकारी दिए ।

“यो मेरो व्यक्तिगत विचार भए पनि यो पार्टीलाई अवसर हो । पार्टी सुध्रनुपर्ने, पार्टीलाई रिफर्म गर्नुपर्ने ठूलो अवसर आएको छ,” उनले भने, “यसलाई अवसरको रूपमा लिएर पार्टी अघि बढ्नुपर्नेछ ।”

सचिवालय बैठकपछि पार्टीले आधिकारिक निर्णय गर्ने उनले बताए । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच गए राति सत्तासाझेदारीको सहमति भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ०९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro