site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनआईसीले लञ्च गर्‍यो मास्टरकार्ड, तीन देशमा डेबिट कार्ड प्रयोग गर्न सकिने

पोखरा । एनआईसी एसिया बैंकले मास्टरकार्ड लञ्च गरेको छ । आइतबार पोखरामा एक कार्यक्रम गर्दै एनआईसीले मास्टरकार्डसँग सहकार्य गरिएको जनाएको हो ।

बैंकको पस टर्मिनल र एटीएममा अब मास्टर डेबिट तथा क्रेडिट कार्डको प्रयोग गर्न सकिने भएको छ । अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टरकार्डसँगको सहकार्यपछि सो सुविधा थपिएको हो ।

भारतका प्रतिनिधि आस्था प्रियादर्शीले बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्मालाई हस्तान्तरण गर्दै बैंकले मास्टरकार्डलाई औपचारिक प्रगोगमा ल्याएको हो । एनआईसीले जारी गर्ने मास्टर डेबिट कार्डलाई नेपाल, भारत र भुटानमा प्रयोग गर्न सकिन्छ ।

Argakhachi Cement Island Ad

449321118_997854171839832_4028794787675809026_n-1719728187.jpg
 

शर्माले एनआईसी एसिया बैंक र मास्टकार्डको सहकार्यमा नेपालमा लञ्च गरिएको बताए । “यो ग्लोबल ब्रान्ड हो । हामीले पहिला भिसा कार्ड जारी गथ्र्यौँ, अब हामीले मास्टरकार्ड पनि जारी गर्छौँ । यसले हाम्रा ग्राहकहरूलाई नयाँ सेवा दिएका छौँ, यसले डिजिटल बैंकिङ कारोबार अझ राम्रो, सुरक्षित सुविधायुक्त हुनेछ,” उनले भने ।

पर्यटन प्रवर्द्धनका लागि मास्टरकार्ड पोखराबाट लञ्च गरिएको उनले बताए । यसले पोखराको पर्यटन थप विदेशी पर्यटकमाझ पुग्ने बैंकले विश्वास लिएको छ । “पोखरालाई हामीले किन रोज्यौँ भने यो पर्यटकीय हब हो । पोखरा पर्यटकीय राजधानी र यहाँ पर्यटकको चहलपहल हुने गर्छ । यहाँ मास्टरकार्ड लञ्च गर्दा विदेशी पर्यटकहरूलाई पनि जानकारी हुने, मास्टरकार्डका कारणले पोखरा पनि अन्तर्राष्ट्रिय रूपमा चिनिन्छ र पर्यटनमा पनि प्रभाव पर्छ भन्ने हामीलाई लागेको छ,” उनले भने ।

बैंकका चिफ डिजिटल स्टार्टेजी अफिसर नरेन्द्र मैनालीले मास्टरकार्डका कारण थप अन्य प्रोडक्टहरू पनि ल्याउन सकिने बताए । उनले भने, “यो मास्टरकार्ड चाहिँ ग्लोबल्ली रिनअन ब्रान्ड हो । जसरी हामीले पहिला ग्राहकलाई भिसा कार्ड दिन्थ्यौँ, अब हामीले मास्टरकार्ड दिन्छौँ । हामीले मास्टरकार्डसँग सहकार्य गरिसकेपछि पोखराको पर्यटनलाई प्रवर्द्धन गर्ने हिसाबले प्रोक्टहरू ल्याउन सक्छौँ ।”

मास्टरकार्डले पनि पोखरालाई केन्द्रविन्दु बनाएर विभिन्न क्याम्पेन गर्ने, उद्यमशीलतालाई प्रवर्द्धन गर्ने कार्यक्रम सहकार्यको रूपमा ल्याउने उद्धेश्य भएका कारण पोखरामा लञ्च गरिएको उनले बताए ।

448691451_507195005081388_4846892992151527502_n-1719728187.jpg
 

मास्टरकार्ड भइसकेपछि ग्राहकहरूले थप सेवा पाएको उनी बताउँछन् । “यही कार्डका कारण अब ग्राहकले भिसा कार्डमाथि मात्र निर्भर रहनुपर्दैन, मास्टरकार्ड पाएपछि दुईवटा विकल्प पाउँछन् । यसको ग्लोबल्ली एसेप्टेन्स बढी छ, विदेश जान चाहने ग्राहकहरूलाई संसारको जुनसुकै कुनामा गए पनि कारोबार गर्न सजिलो हुन्छ, यो कार्ड २१० मुलुकमा प्रयोग गर्न सकिन्छ,” उनले भने ।

बैंकले देशभर ३१९ शाखा कार्यालय ४६१ एटीएम, १०८ वटा एक्स्टेन्सन काउन्टर एवं ६१ वटा शाखारहित बैंकिङमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्