site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केईको ईभी एक्स–३ प्रोको बुकिङ खुला, कति छ मूल्य ?

काठमाडौं । केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोविलिटी प्राइभेट लिमिटेडले इलेक्ट्रीक एसयूभी एक्स–३ प्रोको बुकिङ खुला गरेको छ ।  कम्पनीले काठमाडौंको भाटभटेनीमा सुविधा सम्पन्न सोरुम सञ्चालनमा ल्याउँदै बुकिङ खुला गरेको हो । 

कम्पनीले सुरुमा एक्स–थ्री प्रो मोडलका दुई भेरियन्टका लागि बुकिङ खुला गरिएको बताएको छ । केई एक्स–३ प्रोको डिलक्स र फ्ल्यागसिप भेरियन्ट उपलब्ध रहेको छ । डिलक्स भेरियन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरियन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

कटिङ एज टेक्नोलोजी, स्लिक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिनसक्ने एक्स–३ प्रो मोडल कम्प्याक्ट एसयूभी सेग्मेन्टमा विशेष मोडल बन्ने कम्पनीको विश्वास छ । 

गाडीमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री छ । १२० किलोवाट क्षमताको मोटर रहेको गाडीको अधिकतम टर्क २८० एनएम छ । सीएलटीसीका अनुसार गाडीले ४०१ किलोमिटर रेन्ज दिनेछ । 

गाडीलाई सात किलोवाट क्षमताको एसी चार्जरले आठ घन्टामा र १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

एक्स–३ प्रो मोडलको लम्बाई ४४०० मिलिमिटर, चौडाई १८३१ मिलिमिटर र उचाई १६५३ मिलिमिटर रहेको छ । पाँच सिट क्षमताको एसयूभीमा २६३२ एमएम लामो ह्वीलवेस छ । यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स र पछाडि मल्टी लिङ्क इन्डिपेन्डेन्ट सस्पेन्स छ । १८३ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको गाडी पाँच रङमा उपलब्ध छ । 

केई एक्स–३ प्रोमा सबै एलईडी लाइट र १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, सात इन्चको एलसीडी इन्फर्मेशन क्लष्टर, इन्टेलिजेन्ट स्काईरुफ, ड्यूल जोन एसी, वायर लेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको कम्पनीले जनाएको छ । गाडीमा एयरब्याग, ३६० डिग्री क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम छ । 

यस्तै, गाडीमा एडासभित्र विशेष गरी हिल होल्ड एसिस्ट, हिल डिसेन्ट कन्ट्रोल, क्रुज कन्ट्रोल, इबीडीसहितको एबीएस ट्रयाक्सन कन्ट्रोल सिस्टम रहेको छ । कम्पनीले ब्याट्रीसहित सबै किसिमका मोटरलगायत इलेक्ट्रीकल कम्पोनेन्टमा आठ वर्षको वारेन्टी दिने बताएको छ ।

ग्राहक महानुभावहरूले केई एक्स् थ्री प्रोको विस्तृत जानकारी लिन ९८०१२०१५०८ मा सम्पर्क गर्न सकिनेछ । साथै, टेस्ट ड्राइभ गर्न भाटभटेनीस्थित सोरुममा जान सक्नेछन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro