site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
समूह ‘इ’ बाट युक्रेन बाहिरियो, रोमानिया शीर्ष स्थानमा 

काठमाडौं । युरो–२०२४ मा रोमाञ्चक बनेको समूह ‘इ’ बाट युक्रेन बाहिरिएको छ । बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग गोलरहित बराबरीमा रोकिएपछि युक्रेन तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिएको हो । 

यो समूहका चारवटै टिमले समान चार अंक जोडेका थिए । तर, युक्रेन गोल आधारमा अभागी बनेको हो । यो समूहबाट रोमानिया, बेल्जियम र स्लोभाकिया अन्तिम–१६ मा प्रवेश गरेका छन् । 

Dabur Nepal
NIC Asia

बुधबार राति नै भएको खेलमा स्लोभाकियासँग १–१ को बराबरीमा रोकिए पनि रोमानिया तालिकाको शीर्ष स्थानमा रह्यो । रोमानियाले चार अंक जोडे पनि हेड टू हेडमा बेल्जियमलाई पछि पारेको हो । समान खेलबाट चार अंक नै जोडेको बेल्जियम पनि प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । 

यस्तै, तेस्रो स्थानमा रहँदै नकआउटमा स्थान बनाएको स्लोभाकियाले पनि चार अंक नै जोडेको छ । स्लोभाकियाको गोलआधार बराबर छ । यस्तै, पुछारको युक्रेनको खातामा पनि चार अंक नै छ । तर, गोलआधार दुई गोल नकारात्मक हुँदा युक्रेन पहिलो चरणबाटै बाहिरिएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १०:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro