site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१६ हजार सामुदायिक विद्यालयमा १०० भन्दा कम विद्यार्थी
फाइल तस्बिर ।

काठमाडौं । नेपालका ५७ प्रतिशत सामुदायिक विद्यालयमा विद्यार्थी संख्या एक सयभन्दा कम रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । आर्थिक सर्वेक्षण २०८०/०८१ अनुसार १५ हजार ९६५ विद्यालयमा विद्यार्थी संख्या एक सयभन्दा कम छ । 

एक सयदेखि ५०० सम्म विद्यार्थी भएका विद्यालयको संख्या ९ हजार ७०४ छ भने एक हजार ६३६ विद्यालयमा ५०० देखि एक हजारसम्म विद्यार्थी छन् । 

यस्तै, एक हजारदेखि एक हजार ५०० विद्यार्थी रहेका विद्यालय ४४९ र १३६ वटा विद्यालयमा एक हजार ५०० देखि दुई हजारसम्म विद्यार्थी छन् । 

Dabur Nepal
NIC Asia

दुई हजारमाथि विद्यार्थी भएका विद्यालय ०.४ प्रतिशत अर्थात् एक सयवटा मात्रै रहेको सर्वेक्षणले देखाएको छ । १५ वटा सामुदायिक विद्यालयमा भने विद्यार्थी संख्या तीन हजार ५०० भन्दा बढी छ । 

बढ्दो बसाइँसराइ र घट्दो जन्मदरले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको सर्वेक्षणको निष्कर्ष छ । 

शैक्षिक सत्र २०८० मा सामुदायिक, संस्थागत, धार्मिक गरी विद्यालय संख्या ३५ हजार ८७६ पुगेको छ । तीमध्ये ७४.१ प्रतिशत सामुदायिक विद्यालय छन् । 

सर्वेक्षणले सामुदायिक विद्यालयको आधारभूत तह (कक्षा १–५ सम्म) विद्यार्थीअनुसार दरबन्दी र शिक्षकको अनुपात कम देखाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने शिक्षक सरुवा निर्देशिका २०८१ जारी गरेसँगै विद्यार्थी भारका आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने जनाएको छ । 

शिक्षामन्त्री सुमना श्रेष्ठका अनुसार हाल सामुदायिक विद्यालयका एक हजार ९०० शिक्षकको दरबन्दी मिलान गर्न बाँकी छ । विद्यार्थी संख्या कम भएकाबाट बढी भएका विद्यालयमा अन्तरविद्यालय शिक्षक सरुवाको प्रक्रिया पनि अघि बढाएको उनले जानकारी दिइन् । 

सर्वेक्षणअनुसार हाल देशभरका सामुदायिक विद्यालयमा एक लाख ९१ हजार (स्थायी दरबन्दीका) शिक्षक कार्यरत छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ११, २०८१  १३:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro