site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन टोली गठन भइसकेको छ : मन्त्री यादव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सरकारी अस्पतालमा स्वास्थ्य सेवा लिन लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली गठन भइसकेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएका हुन् ।

लामो समय लाइनमा बस्नुपर्ने बाध्यता नबनाउन मन्त्रालयमा उच्चस्तरीय टोली गठन भएर काम सुरु गरिएको उनले जानकारी गराए । सरकारीमा कार्यरत चिकित्सकलाई निजीमा नजान विस्तारित सेवा केही संघीय अस्पतालमा लागु भइसकेको उनले बताए । अरू अस्पतालमा पनि यो सेवा लागु गरिने उनले सुनाए ।

उनले उपत्यकाका ठूला अस्पतालमा दुई ‘सिफ्ट’मा सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागु गर्नेलगायत कार्यक्रम अघि बढाइएको जानकारी गराए ।

मन्त्री यादवले मिर्गौलासम्बन्धी रोगमा चार लाख ५० हजार रुपैयाँसम्म सहुलियत प्रदान भइरहेको बताए ।

प्रतिनिधिसभामा उनको जवाफ पढ्नोस्–
हाल सरकारी अस्पतालमा कार्यरत चिकित्सकलाई निजी अस्पतालमा नजानको लागि विस्तारित सेवा केही संघीय अस्पतालमा लागु भइसकेको छ । बाँकी लागु गर्ने क्रममा छौँ । केन्द्रीय अस्पतालमा स्वास्थ्य सेवाको लागि लामो समय कुर्नपर्ने अवस्था हटाउनको लागि मैले मन्त्रालय सम्हालेको सुरुदेखि नै प्राथमिकतामा राखेको छु । यसका लागि मन्त्रालयमा उच्चस्तरीय टोली गठन भइसकेको र अध्ययन प्रारम्भ गरिसकेको जानकारी गराउँछु । उपत्यकाका ठूला अस्पतालहरूमा दुई सिफ्टको सेवा सञ्चालन गर्ने, विस्तारित सेवा लागु गर्नेलगायत कार्यक्रम अघि बढाइएको छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १५:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro