site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदीप खड्कालाई प्रश्न– भ्यानिटी भ्यान तपाईंलाई दिइएको कि सिनेमाको कथाभित्रको हो ?

काठमाडौं । छायांकनमा रहेको नेपाली चलचित्र ‘एक्टर’को निर्माणपक्षले अभिनेता प्रदीप खड्कालाई सुविधाका लागि ‘भ्यानिटी भ्यान’ उपलब्ध गराएको तस्बिरहरू बाहिर आएका छन् ।
 
सुटिङस्थलमा कलाकारको पहिरन परिवर्तन, मेकअप, शौचालयलगायत सुविधाका लागि ‘भ्यानिटी भ्यान’ प्रयोग गरिन्छ । यस्तै भ्यान प्रदीपलाई प्रदान गरिएको तस्बिर बाहिर आएका छन् । 

बलिउड र हलिउडका कलाकारहरूले छायांकन सेटमा व्यक्तिगत ‘भ्यानिटी भ्यान’ प्रयोग गर्छन् । तर, नेपालमा भने यसको खासै प्रयोग हुने गरेको छैन । केही वर्ष पहिला बालाजु ल्याबमा यस्तै भ्यानको प्रयोग दुई वर्षजति गरिएको थियो । तर महँगो भएपछि निर्माताले प्रयोग गर्नै छाडेका थिए ।  

त्यसैले हामीले प्रदीपलाई सोध्यौँ– भ्यानिटी भ्यान तपाईंलाई निर्माणपक्षले सुटिङमा सुविधाका लागि दिएको हो कि चलचित्रको कथाभित्रको हो ? जवाफमा प्रदीपले दुवै प्रयोजनका लागि भ्यानिटी भ्यान प्रयोग भइरहेको बताए । 

“फिल्मको क्यारेक्टर एक्टर बन्न खोजिरहेको छ । फिल्म सुटिङको सिक्वेन्स पनि छ,” प्रदीपले बाह्रखरीसँग भने, “त्यसैले भ्यानिटी भ्यान अनस्क्रिन र अफस्क्रिन पनि युज भइरहेको छ ।” 

सिनेमाको कथाभित्र अभिनेताले ‘भ्यानिटी भ्यान’ प्रयोग गरिरहेको छ । त्यसैले छायांकनका लागि बनाइएको त्यही ‘भ्यानिटी भ्यान’ अहिले ‘एक्टर’का कलाकारले प्रयोग गरिरहेका छन् । 

तीन÷चारजनाले एकैपटक सहजै ‘भ्यानिटी भ्यान’ प्रयोग गर्न सकिने प्रदीपले बताए । “कलाकारलाई मात्रै नभएर समग्र एक्टरको टिमलाई नै भ्यानिटी भ्यानले काम गर्न सहज बनाइदिएको छ,” प्रदीप भन्छन्, “भ्यानिटी भ्यान निर्माण गरेर प्रयोग गर्नसके प्रोडक्सन टिमलाई नै सहज हुने रहेछ ।”

ड्रेस चेन्ज गर्न, खाना खान, सौचालय प्रयोगमा सहज भएको उनको भनाइ छ । “फोटो खिच्न आउने सुवेच्छुक तथा फ्यानसँग सुटको कष्ट्युममा फोटो खिच्दिनभन्दा रुढ सुनिन्थ्यो, त्यो समस्या पनि यसले समाधान गरिदिएको छ,” प्रदीप अगाडि थप्छन्, “प्रोडक्सन टिमलाई कलाकारलाई म्यानेज गर्न सधैँ कठिन हुन्छ । यो समस्याको पनि समाधान भएको छ ।” 

स्क्रिप्ट पढ्न र तयारी गर्न पनि सहज भएको उनको अनुभव छ । धुलो र घामले मेकअप बिग्रिने समस्याको पनि समाधान हुने प्रदीप सुनाउँछन् ।  

चलचित्र ‘एक्टर’मा प्रदीपसँगै नायिकाद्वय दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन् । दिव्याले यही चलचित्रबाट डेब्यु गरेकी हुन् । उनी नायक दिलीप रायमाझीकी छोरी हुन् । चलचित्रमा राजवल्लभ कोइरालाको पनि मुख्य भूमिका छ । 

पोखराको छायांकनपछि अहिले काठमाडौंमा यो चलचित्रको छायांकन भइरहेको छ । 

थमन कुमार भण्डारीको लगानीमा निर्माण भइरहेको यो चलचित्र कात्तिक १५ गते लक्ष्मीपूजाबाट प्रदर्शनमा आउनेछ । चलचित्रको निर्देशक राजन भुसाल हुन् ।

 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro