site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बेलग्रेडमा अलपत्र युवालाई स्वदेश फर्काइयोस्, म्यानपावरलाई कारबाही गरियोस् : गुरुङ
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राम्रो पारिश्रमिकको प्रलोभन देखाएर विदेश पठाउने र अलपत्र पार्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले यस्तो माग गरेका हुन् ।

उनले कुवेतको नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएर आफू स्वदेश फर्कने क्रममा पाँच नेपालीलाई बेलग्रेडबाट फर्काइएको अवस्थामा पाएको उल्लेख गरे । प्रतिव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर उनीहरूलाई बेलग्रेड पुर्‍याइएको र विमानस्थलमा अलपत्र परी फर्किएको तथा १० नेपाली अझै अलपत्र रहेका उनले सुनाए ।

ती १५ मध्ये १४ जना झापाका र एक बर्दियाका रहेका जानकारी आफूले पाएको उनले बताए । ठगिएका युवालाई क्षतिपूर्ति दिन र म्यानपावर कम्पनीलाई कारबाही गर्न उनले आग्रह गरे । उनले अलपत्र युवालाई सरकारले विशेष पहल गरी स्वदेश फर्काउन पनि आग्रह गरे ।

कुवेतमा अझै ४१ हजार नेपाली महिला कामदार रहेका र तीमध्ये २७ हजार गैरकानुनी बाटो भएर गएका भन्दै उनले यसबारे पनि सरकार गम्भीर बन्नुपर्ने बताए ।

संसद्को आकस्मिक समयमा धनराज गुरुङको भनाइ पढ्नोस्–
कुवेतको नेपाली जनसम्पर्क समिति कार्यक्रममा सहभागी भए हिजो मात्रै म फर्किने क्रममा दोहा ट्रान्जिट भएर आउँदै गर्दा दोहाबाट कतार एयरवेजको जहाज चढ्दै गर्दा त्यहाँ पाँचजना नेपाली युवाहरू बेलग्रेडबाट फर्काइएको जहाजहरू त्यसमा लिएर आएको सन्दर्भमा खबर मैले त्यहाँ सूचना पाएँ । ती युवाहरूलाई मैले त्यही जहाजमा भेटेँ । भेटेर के कारण यस्तो भयो भनेर सोध्दा उहाँहरूलाई झापाको खगोल भन्ने म्यानपावरमार्फत काठमाडौंको डायनामिक भन्ने मुख्य म्यानपावरबाट प्रतिव्यक्ति साढे ६ लाख रुपैयाँ लिएर बेलग्रेड पुर्‍याइएको रहेछ । त्यहाँ रिसिभ नभएपछि विमानस्थलबाटै पाँचजनालाई फर्काइसकिएको अवस्था छ । बाँकी १० जना बेलग्रेट एयरपोर्टमा बिचल्ली भएको अवस्था रहेछ । १५ जनामध्ये १४ जना झापा जिल्लाको मात्रै र एकजना बर्दिया जिल्लाको रहेछ । यसरी म्यानपावरले जथाभावी रूपमा कन्फर्म नभईकन युवालाई साढे ६ लाख रुपैयाँसम्म लिएर यसरी विदेश पठाउने र फर्काउने, यसले मुलुकको शिर झुकाउने काम गरेको छ । युवाहरू ठगिने काम भएको छ । ठूलो रहर बोकेर गएकाहरूलाई फर्काइएको छ । उनीहरूलाई क्षतिपूर्ति दिनुपर्छ । युवाहरूलाई अनियमित ढंगबाट र उनीहरूलाई त्यहाँ सरोकारवालासँग कुरा नभईकन विदेशको लोभ देखाएर पठाई युवाहरू ठग्ने काम क्षम्य छैन । सरकारको ध्यानाकर्षण गराउँछु । कुवेतमा अझै पनि ४१ हजार नेपाली महिला दिदिबहिनीहरू त्यहाँ हुनुहुन्छ । त्यसमध्ये २७ हजार महिलाहरू गैरकानुनी रूपमा रहेको सूचना पाएको छु । गत ६ महिनाभित्र १० हजार नेपाली महिलाहरू गैरकानुनी बाटोबाट त्यहाँ गएका छन् । यो दुःखलाग्दो कुरा हो । सरकारले ढोका बन्द गरेर झ्याल खुला गर्दा यो समस्या आएको हो । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १३:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro