site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
कृषिमन्त्री साहको चेतावनी– दुग्ध विकास संस्थानकाे कर्मचारीको दादागिरी धेरै दिन चल्दैन 
फाइल तस्बिर

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले दुग्ध विकास संस्थानलाई निजी साझेदारीमा सञ्चालन गर्नुको विकल्प नभएको बताएकी छन् । शुक्रबार सिंहदरबारमा एमालेनिकट उद्योगी व्यवसायीहरूसँगको छलफलका क्रममा कृषिमन्त्री साहले दुग्ध विकास संस्थानको समस्या दीर्घकालीन रूपमा समाधानको लागि सरकारले निजी साझेदारीमा चलाउनुको विकल्प नभएको बताइन् । 

मन्त्रालयले सरकारको स्वामित्वमा राखेर निजी साझेदारी मोडेलमा सञ्चालन गर्नेगरी छलफल अघि बढेको जानकारी दिँदै उनले संस्थानलाई अहिलेकै रूपमा सञ्चालन गर्नेभन्दा पनि नयाँ ढंगले दीर्घकालीन रूपमा समस्या समाधान गर्नेगरी लैजान आवश्यक रहेको बताइन् । 

Dabur Nepal
NIC Asia

“दुग्ध विकास संस्थानलाई निजी संस्थानलाई दिने हो किजस्तो लागेको छ । सरकारको केही स्वामित्वमा राखेर निजी साझेदारीमा जाने हो कि अनि मात्रै दीर्घकालीन समस्या हल हुन्छ । मन्त्रालय त्यतातिर सोच्दै छ । त्यही हिसाबले छलफल चलेको छ । दीर्घकालीन समस्या समाधान गर्नु आवश्यक छ,” मन्त्री साहले भनिन् ।

उनले संस्थानले किसान र दुग्ध व्यवसायीहरू माथि खेलवाड गर्न नमिल्ने बताइन् । मन्त्री साहले दुग्ध किसानको भुक्तानी समेत दिन नसक्ने संस्थानलाई अहिलेकै रूपमा लैजानुपर्छ भन्ने आवश्यकता नदेखिएको बताइन् ।संस्थानमा ९०० कर्मचारीमध्ये ३०० अस्थायी र ६०० कर्मचारी स्थायी रहेको भन्दै उनले स्थायी कर्मचारीलाई जागिर कसैले खोस्न नसक्ने घमण्ड बढेर आएको बताइन् । 

“दुग्ध विकास संस्थानमा विचौलिया हाबी भएको छ । संस्थान पिउनले चलाएको छ । संस्थानमा ९०० कर्मचारीहरू छन् । जसमा ३०० कर्मचारीहरू अस्थायी र ६०० कर्मचारी स्थायी छन् । स्थायी कर्मचारीहरूमा जागिरबाट निकाल्न नसक्ने भन्नेछ । घमण्ड बढेर आएको छ,” उनले भनिन् । 

उनले कर्मचारीको दादागिरी धेरै दिन नचल्ने चेतावनी दिइन् । आफूले केही मूल्य चुकाउनुपरे पनि चुकाउन तयार रहेको भन्दै उनले संस्थानलाई मजबुत बनाउन बोल्ड निर्णय गरिने बताइन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro