site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जमानतविरुद्ध याचिका परेपछि केजरिवाल रिहा हुने प्रक्रिया लम्बियो
फाइल तस्बिर

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाललाई मिलेको जमानतविरुद्ध भारतको सरकारी निकाय प्रवर्तन निर्देशनालय(ईडी) उच्च अदालत (हाइ कोर्ट)मा पुगेपछि उनी रिहा हुने प्रक्रिया लम्बिएको छ ।

मदिरा घोटाला प्रकरणमा थुनामा रहेका उनी शुक्रबार रिहा हुने पक्का थियो । अदालतबाट जमानत पाएपछि उनी रिहा हुन लागेका थिए । तर, उनको जमानतविरुद्ध ईडी अदालतमा पुगेको हो । 

एडिसनल सोलिसिटर जनरल एसबी राजूले अदालतमा तत्काल सुनुवाइको माग गरेका छन् । यद्यपि, केजरिवालका वकिलले ईडीको सो याचिकाको विरोध गरेका छन् ।

न्यायाधीश सुधीर कुमार जैन र रवीन्द्र दुदेजाको भोकेसनल इजलासले तत्काल सुनुवाइ गर्ने जनाएका छन् ।सुनुवाइ पूरा हुन्जेलको लागि केजरिवालको जमानतलाई हाइ कोर्टले रोक लगाइदिएको छ । एक घण्टामा ईडीको याचिकामा सुनुवाइ सुरू हुन सक्ने जनाइएको छ ।

केजरिवालको जमानतविरुद्धमा ईडीले याचिका दर्ता गरेर तत्काल सुनुवाइको माग गरेको हो । दिल्लीको राउज इभिन्यू अदालतले तिहाड जेलमा रहेका केजरिवाललाई बिहीबार जमानत दिएको थियो । बीबीसी
 

प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  १२:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro