site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
क्रसर व्यवसायीको आन्दोलनमा पुगेर मेटमणि चौधरीले भने– सरकार कुर्सी जोगाउन मात्रै लाग्यो
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले क्रसर व्यवसायीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । व्यवसायीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरी बिहीबार माइतीघर मण्डलामा पुगेका छन् । 

क्रसर उद्योग नवीकरणको माग राखेर व्यवसायी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनस्थल माइतीघर मण्डलामा पुगेर प्रमुख सचेतक चौधरीले क्रसर व्यवसायीहरुको आन्दोलनलाई महत्त्वपूर्ण आन्दोलनका रूपमा लिएको र आन्दोलनप्रति पार्टीको ऐक्यबद्धता रहेको जानकारी गराए । उनले सरकार आन्दोलनकारीका माग सम्बोधन गर्नेतिर भन्दा कुर्सी जोगाउने कुरामा बढी केन्द्रित भएको आरोप लगाए । 

“यो आन्दोलनलाई धेरै महत्त्वपूर्ण आन्दोलनका रूपमा लिएको छु । हाम्रो पार्टीले यसरी लिएको छ । त्यसैले हाम्रो सहभागिता रहेको छ । राजस्वको दायरा कसरी बढाउनेभन्दा पनि आफ्नो कुर्सी जोगाउने, कुर्सी बचाउने खेलमा मात्रै सरकार रहेको कुराले धेरैले दुःख पाउनुभएको छ । धेरैका मागहरु अलपत्र भएका छन् । यसलाई चाँडोभन्दा चाँडो सम्बोधन गर्नुपर्छ,” उनले भने ।

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सरकारले क्रसर उद्योगहरूको नवीकरण गर्ने कार्यलाई बेवास्था गरेको भन्दै असार १ गतेदेखि आन्दोलन गर्दै आएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ६, २०८१  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro