site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अपांगता भएका व्यक्तिलाई बैंकिङ सुविधा प्रयोगमा पहुँच पुर्‍याइयोस् : सांसद गौतम
Argakhachi Cement Island Ad

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले दृष्टिविहीनलगायत सम्पूर्ण अपांगता भएका व्यक्तिहरूलाई बैंकिङ सुविधा प्रयोग गर्न समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । 

मंगलबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले नेपालको कुल जनसंख्याको २.२४ प्रतिशत जनसंख्यामा अपांगता भएका व्यक्तिहरू रहेको बताइन् । उनले दृष्टिविहीन अपांगता भएका व्यक्तिहरूको समस्या धेरै र विकराल रहेको भन्दै पहुँच पुर्‍याउन माग गरेकी छन् । 

“दृष्टिविहीन अपांगता भएका व्यक्तिहरूले हालसम्म सहज रूपले बैंकिङ सेवा लिन सकिरहेका छैनन् । सबैभन्दा पहिला कतिपय बैकले साक्षी वेगर खाता खोल्न दिँदैनन्,” उनले भनिन्, “खाता खोलेपछि पनि उनीहरू सक्षम हुँदाहुँदै पनि एटीएम, मोबाइल बैंकिङ जस्ता सेवाहरू उपयोग गर्न पाइरहेका छैनन् ।”

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्