site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जेलेन्स्कीले भने– युक्रेनका सबै भूभाग फिर्ता गरिए रुससँग भोलि नै शान्ति वार्ता
तस्बिर : ईपीए ।

जेनेभा । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसले युक्रेनका सबै भूभाग छोडे भोलि नै शान्ति वार्ता गर्न आफूहरू तयार रहेको जनाएका छन् । युक्रेन र रुसको लडाइँका सम्बन्धमा शान्ति प्रक्रियाका निम्ति छलफल गर्न स्वीट्जरल्यान्डमा आयोजित शिखर सम्मेलनको समापनका क्रममा उनले यस्तो बताएका हुन् ।

तर, भ्लादिमिर पुटिनले युद्ध अन्त्य नगर्ने भएकाले आफूहरूले सैनिक वा कूटनीतिक कुनै पनि माध्यमबाट लडाइँ रोक्नुपर्ने उनले उल्लेख गरे । उनले पश्चिमी सहयोग युद्ध जित्न पर्याप्त नभएको बताए ।

पछिल्लो शिखर सम्मेलनले युक्रेनका पक्षमा अन्तर्राष्ट्रिय समर्थन कमजोर नभएको देखाएको उनले टिप्पणी गरे । युक्रेनको सार्वभौमिक अखण्डतामा ऐक्यबद्धता जनाउँदै सम्मेलन सम्पन्न भएको छ ।

रुसले लादेको युद्धका कारण व्यापक पीडा र विध्वंस निम्तिएको भन्दै एक लिखतलाई शिखर सम्मेलनले अनुमोदन गरेको छ । उक्त लिखतमा भारत, दक्षिण अफ्रिका र साउदी अरेबियाका अधिकारीले भने हस्ताक्षर गरेनन् ।

दुईदिने शिखर सम्मेलनमा करिब ९० मुलुक र अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि उपस्थित थिए । बीबीसीबाट ।

प्रकाशित मिति: सोमबार, असार ३, २०८१  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro