site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
शिवम् सिमेन्टका ३१ डिलरलाई अवार्ड

काठमाडौं । शिवम् सिमेन्टस्ले आयोजना गरेको ‘उडान–समृद्धि र सहयात्राको’ शीर्षकको कार्यक्रममा ३१ डिलरले विभिन्न विधामा अवार्ड प्राप्त गरेका छन् । कम्पनीले ‘शिवम् कीर्ति समारोह २०८१’ आयोजना गरी ‘उडान–समृद्धि र सहयात्राको’ शीर्षकको कार्यक्रममा उत्कृष्ट डिलरहरूलाई अवार्ड दिइएको हो ।

रिजनलअन्तर्गत प्रगति र परमवीर अवार्ड प्रदान गरिएको थियो । नेसनलअन्तर्गत त्रिनेत्र, सदाबहार र कल्पवृक्ष अवार्ड दिइयो । उत्कृष्टमध्येका सर्वोत्कृष्ट चार डिलरलाई शिवम् डायमन्ड, शिवम् गोल्ड, शिवम् सिल्भर र चेयरम्यान अवार्डबाट सम्मान गरिएको थियो ।

Dabur Nepal
NIC Asia

शिवम् नेसनल डायमन्ड अवार्ड ललितपुरस्थित सुपरस्टार ट्रेडिङ हाउस परिवार, शिवम् नेसनल गोल्ड अवार्ड सुशील हार्डवेयर गोलबजारका प्रोपाइटर सुनीलकुमार सिंह र शिवम् नेसनल सिल्भर अवार्ड पुष्प अटो इन्टरप्राइजेज गठौनाका ईश्वरप्रसाद गुप्ताले जिते ।

शिवम् सिमेन्टका सर्वोत्कृष्ट विक्रेताअन्तर्गत शिवम् चेयरम्यान अवार्ड नेपाल ट्रेड सेन्टर जनकपुरका सोहनलाल मुरारकाले जिते ।

कार्यक्रममा कम्पनीका उपाध्यक्ष निखिल अग्रवालले विगत पाँच वर्षमा कोभिड–१९, आर्थिक मन्दीजस्ता विषम परिस्थितिमा पनि आफ्ना वितरक तथा डिलरले देखाएको धैर्यता र ऐक्यबद्धतालाई आधार मानेर उक्त शीर्षकमा कार्यक्रम आयोजना गरिएको बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro