काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको चार विभागमा प्रमुख हेरफेर गरेका छन् । पार्टीको विधानबमोजिम चार विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी पार्टी अध्यक्षमा आफैंले राख्ने गरी हेरफेर गरिएको छ । यसअघि सो विभागको प्रमुखमा भुवन पाठक थिए । उनी वाग्मती प्रदेशसभाका सभामुख भएपछि सो पद रिक्त भएको हो ।
यस्तै, संयोजित संगठन समन्वय विभागको प्रमुखमा प्रवक्ता गोपाल दाहाल, सम्पर्क समाज समन्वय विभागको प्रमुखमा सहमहामन्त्री धनबहादुर बुढा र युवा विभागको प्रमुखमा सहमहामन्त्री प्रकाश रिमाललाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।