बाह्रखरी फोटो
काठमाडौं । संघीय संसद्का कर्मचारी आन्दोलनमा उत्रिएका छन् । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र शुक्रबार पनि संघीय संसद्का कर्मचारीले ११ बुँदे माग राखेर आन्दोलन गरेका हुन् ।
कर्मचारी युनियनको अगुवाइमा जेठ २९ गतेदेखि ध्यानाकर्षण गराएर आन्दोलन थालेका कर्मचारीले बिहीबारदेखि एक घण्टा उभिएर आन्दोलन गरेका हुन् । उनीहरूले पाखुरामा कालोपट्टी बाँधेर काम गरेका छन् ।
आफूहरुको माग सम्बोधन नभए असार २ गते थप आन्दोलन कार्यक्रम घोषणा गर्ने उनीहरूले बताएका छन् । संघीय संसद् कर्मचारीको कोरोना महामारीको अवधिदेखि तलबभत्ता वृद्धि नभएको भन्दै अहिले अतिरिक्त कामको मात्र भत्ता मागेको उनीहरू बताउँछन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१ १२:०५
प्रतिक्रिया दिनुहोस्