site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हमास भन्छ– बन्धक कति जीवित छन् कसैलाई थाहा छैन

गाजा । प्यालेस्टाइनी लडाकु समूह हमासका प्रवक्ताले कति बन्धक अझै जीवित छन् भन्ने बारेमा कसैलाई जानकारी नभएको जनाएका छन् ।

गएको अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा बन्धक बनाइएका मध्ये १२० जना अझै उसका साथमा रहेको बताइँदै आएको थियो । हमासका प्रवक्ताले भने सीएनएनसँगको कुराकानीमा यस्तो अनौठो जवाफ दिएका हुन् ।

हमासका प्रवक्ता तथा राजनीतिक ब्युरोका सदस्य ओसामा हम्दानले भने, “कति जीवित छन् भन्ने बारेमा कसैलाई आइडिया छैन । उनीहरूलाई रिहा गर्न स्थायी युद्धविराम र इजरायली सेना गाजाबाट पूर्ण रूपमा फिर्ता हुनुपर्छ ।”

उनले लेबनानको राजधानी बेरुतमा सीएनएनसँग कुरा गर्दै अमेरिकाका तर्फबाट पछिल्लोपटकको प्रस्ताव गाजामा युद्ध रोक्न आफूहरूलाई पर्याप्त नभएको बताए ।

उनले इजरायलले ६ हप्ताका निम्ति मात्र युद्धविराम गर्न खोजेको उल्लेख गरे । आफूहरूले स्थायी युद्धविराम चाहेको भन्दै उनले अमेरिकाले इजरायललाई यसबारेमा बताउनुपर्नेमा जोड दिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १०:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro