site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘दान्भी’का लागि पूजाले लिएकी थिइन् एक महिना फाइटको प्रशिक्षण

काठमाडौं । नायिका पूजा शर्माले चलचित्र ‘दान्भी’का लागि एक महिना फाइटको प्रशिक्षण लिएको बताएकी छन् । 

एक्सन भूमिकामा देखिन लागेकी उनले एक्सनमा आफूलाई खरो उतार्न एक महिना फाइटको प्रशिक्षण लिएकी हुन् । पूजाले द्वन्द्व निर्देशक श्री श्रेष्ठसँग एक महिना फाइटको अभ्यास गरेकी हुन् । 

असार ७ गतेदेखि प्रदशर्नमा आउने चलचित्र ‘दान्भी’मार्फत पूजा पहिलोपटक एक्सन भूमिकामा देखिन लागेकी हुन् । प्रेमकथामा मात्र काम गरेको अनुभव रहेकाले फरक काम गर्ने सोचले यो पटक एक्सन भूमिकामा देखिन लागेको उनको भनाइ छ । 

उनले अहिलेसम्म आफूले सबैभन्दा धेरै सिकेको, मिहिनेत गरेको र रिस्क लिएको चलचित्र ‘दान्भी’ भएको बताएकी छन् । 

‘दान्भी’मा अहिलेसम्म हेरिरहेका भन्दा फरक एक्सन रहेको पूजाको दाबी छ । ‘दान्भी’मा प्राक्टिकल एक्सन रहेको उनको भनाइ छ । 

आगामी दिनमा एक्सन सिनेमामा देखिने अथवा नदेखिने भन्ने ‘दान्भी’ रिलिजपछिको प्रतिक्रियाले निर्धारण गर्ने पूजाको बुझाइ छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १४:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro