site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
समयमा नै किसानलाई मल उपलब्ध गराउन रास्वपाको माग
फाइल तस्बिर ।

काठमाडौं । किसानलाई समयमा नै रासायनिक मल उपलब्ध गराउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारसँग माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले यस्तो माग गरेका हुन् । उनले सरकार मलको अभाव छैन भन्ने तर, किसानले १० किलोभन्दा बढी मल नपाउने अवस्था रहेको बताए । 

उनले भक्तपुरका कृषि उब्जनी हुने मध्यपुर ठिमी र बोडे लगायतका किसानहरूले १० किलोभन्दा बढी मल नपाएको बताए । मल अभाव छैन भने पनि बजारमा मल नपाएको भन्दै सरकारले तत्काल मल समयमा किसानलाई उपलब्ध गराउन माग गरे । किसानहरूले कालोबजारीमार्फत मल किन्दा जति पनि पाइने अवस्था रहेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

"सरकार मलको अभाव छैन भन्छ । तर, भक्तपुरका किसानहरूले १० किलोभन्दा मल पाउँदैनन् । भक्तपुरको नयाँ ठिमी, बोडे कृषि उब्जनी हुने क्षेत्र छ । तर, सरकार मल अभाव छैन भन्छ अर्कोतिर मल पाइँदैन । कालोबजारी गरेर मल दिने जति पनि भेटिन्छन् । यो विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । कृषि उत्पादन बढाउनको लागि मलको व्यवस्था गरोस्," उनले भने ।

उनले कृषि उत्पादन बढाउनको लागि समयमा नै किसानलाई मलको व्यवस्थापन गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro