site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनसुनी प्रणाली चार दिनदेखि कोसीबाट अघि बढ्न सकेन
फाइल तस्बिर । 

काठमाडौं । मनसुनी प्रणाली नेपाल प्रवेश गरेको चार दिन भए पनि कोसी प्रदेशबाट पश्चिमतर्फ अगाडि बढ्न सकेको छैन । सोमबार कोसी प्रदेशमा मनसुनी प्रणाली प्रवेश गरेपनि बिहीबारसम्म पनि यो प्रणाली सोही प्रदेशमा मात्र सीमित छ । 

“आज (बिहीबार) सम्म पनि मनसुनी प्रणाली कोसी प्रदेशमा मात्र छ । मधेस प्रदेशमा पनि प्रवेश गर्न सकेको छैन,” मौसमविद् विनु महर्जन बाह्रखरीसँग भन्छिन्, “अब केही अगाडि बढ्नलाई सहज अवस्था होला कि जस्तो देखिएको छ ।” 

पश्चिमी वायुको प्रभावले मनसुनी वायुलाई ‘डोमिनेन्स’ गरिरहेका कारण मनसुनी प्रणाली पश्चिमतर्फ सर्न नसकेको उनको भनाइ छ । पश्चिमबाट पूर्वतर्फ हावा चलेकाले मनसुन पश्चिमतर्फ सर्न नसकेको हो । 

“मनसुनी प्रणालीको विशेषता नै यस्तै हो । कहिले दुई दिनमै पूरै नेपालभर फैलिसक्छ । कहिले १०/१२ दिन पनि लाग्छ,” मौसमविद् महर्जन भन्छिन् । 

मनसुनी प्रणालीका कारण कोसी प्रदेशका केही भू–भागमा वर्षा भइरहेको छ । वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ । तर यी प्रदेशमा पश्चिमी र स्थानीय वायु तथा बिहार आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावका कारण वर्षा भएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  ०८:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro