site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं महानगरले सानो गौचरण र चाबहिलमा विश्वकप क्रिकेटको लाइभ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले हाँडीगाउँको सानो गौचरण र चाबहिलको गणेशस्थान फुटबल मैदानमा विश्वकप क्रिकेटको लाइभ गर्ने भएको छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत बुधबार बिहान नेपाल र श्रीलंकाबीचको खेल हुँदै छ ।

खेल अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे सुरु हुनेछ ।

सबै खेलप्रेमी दर्शकलाई एउटै ठाउँमा ल्याएर उत्साहजनक वातावरणमा खेल हेर्न ठूला एलईडी स्क्रिनमा खेलको लाइभ गर्न लागिएको महानगरले जनाएको छ ।

यसअघि भएको नेपाल र नेदरल्यान्ड्सबीचको खेल टुँडिखेल, हाँडीगाउँ डबली र तीनकुनेमा लाइभ गरिएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  २३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro