site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सूनको मूल्य तीन दिनदेखि स्थिर
फाइल तस्बिर ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन दिनदेखि स्थिर छ । गएको आइतबारयता सुन एकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार र आइतबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

तेजाबी सुन पनि सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्